जट्टाधारी, गाँजा तान्ने
विष धारी शिव तिमी,
त्रिनेत्र तिमी , गंगा छ शिरमा,
हेर्छै सब जिव तिमी।
पशुपति, त्रिलोकीनाथ
कैलाशका पिता तिमी,
जिव जन्तुको रक्षा गर्ने
प्रक्रितिको दाता तिमी।
खरानीको भेष तिम्रो
नागको छ तिम्रो माला,
चन्द्रमा तिम्रो जटामा हुन्छ
शरिरमा चाहीँ बाघको छाला ।
आजको यो रात तिम्रो,
तिम्रै नाम जपिन्छ आज
बल्छ, जाग्छ धुनी तिम्रो
भगाउन जाडो आज साँझ ।
धतुरो, गोट्टी प्रसादी आदी
हुन्छ आज तिम्रो नाममा
बैँस, व्रिद्द भेला हुन्छन्
खान्छन , ख्वाउँछन् धेरै ठाउँमा ।
लड्डु, हलुवा मिसाई भांग
आजको रात हर्ष उमंग,
कुर्छन् हरेकले शिवरात्रि
प्रसादी खाई पर्न दंग
लठ्ठ हुन, पर्न दंग।।
Subscribe to:
Post Comments (Atom)
The Flower
There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...
-
https://i-sight.com/resources/discrimination-in-the-workplace-guide/ It is an undeniable fact that influenced by Hindu caste system, Nepal...
-
What is life? What should you do and what things you need to avoid ? Is struggle worth ...
-
Part 3 COVID-19, HUMANS and POLITICS When I was writing my last article on 7th April, 2020, around 1.5 million people around the wo...
No comments:
Post a Comment