Sunday, August 23, 2020

पाउँदिन

 खुसी आउँथ्यो होला साथमा, म ल्याउन पाउँदिन

यस्पाली पनि सुख्खा दशैँ , म आउन पाउँदिन


हर्षो उल्लास गाउँ घरमा, साथी भाई जम्मा होलान् 

हेर्ने ईच्छा भएपनि, म च्याउन पाउँदिन 


हालियो होला लिंग पिंग, सबैले झड्कार्दाहुन् मच्चाएर

हरेक साल हाल्ने पिंगको काम्रो, म ख्याउन पाउँदिन

No comments:

Post a Comment

The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...