Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, August 23, 2020

पाउँदिन

 खुसी आउँथ्यो होला साथमा ल्याउन पाउँदिन

यस्पाली पनि सुख्खा दशैँ ,  आउन पाउँदिन


हर्षो उल्लास गाउँ घरमासाथी भाई जम्मा होलान् 

हेर्ने ईच्छा भएपनि च्याउन पाउँदिन 


हालियो होला लिंग पिंगसबैले झड्कार्दाहुन् मच्चाएर

हरेक साल हाल्ने पिंगको काम्रो ख्याउन पाउँदिन

उ हो मेरो साथी


हाँस्ने बेला सँगै हाँस्नेदुखको बेला दुख बाँढ्ने

मनको कुरा फ्याट्ट बुझ्ने हो मेरो साथी 


केही दिन पछिको भेट हुँदा होस्भेट्न जाँदा थोरै लेट हुँदा होस्

खिस्स हाँसेर दाँत देखाउने हो मेरो साथी


संकटमा पर्दा सल्लाह दिनेचुप लाग भन्दा हल्ला गर्दिने 

उत्पट्यान्ग काममा माहिर जो हो मेरो साथी


खल्ती रित्तिदाँ सापटी दिनेसापटी देको चाहीँ फिर्ता नदिने

अच्चम्मको बैंक हो जो हो मेरो साथी


आफ्नी रानी सँग घुम्न जानेरेस्टुरेन्टमा के के हो के के खाने

केही ऩाखाई सुत्छु  आज  भन्ने,,  हो मेरो साथी


केटी सँग देखे गिज्याउनेसिंगल भइस भन्दै खिज्याउनेॉं

सयौं साथीको लभ गुरु हो मेरो साथी


प्राय काम सँगै गर्नेकुरा भावना आदानप्रदान गर्ने

मिठ्ठो सम्बन्ध जो सँग  मेरो हो मेरो साथी 

CRY

Deep down me There is a boy

He is almost like me, he loves to enjoy

The greatest gift he has is, that he can cry

I tried to do the same but, my eyes are arid dry

 

 

Sometimes I ask myself, why cannot I cry? 

The answers is my upbringing, that I cannot justify

Some think that I’m heartless, some think I am mean

Understand me dear, this is not what I always had been

 

My grandpa had always taught me, crying is not for boys

So suppressing my tears , became my choice 

My granny always told me, crying makes a boy weak

So I trained my eyes, not to react quick 

 

As I was growing up, there came my friends 

And they too never cried, they were well trained 

When I look back  at my school life, there used to be a boy 

Crying was a part of him but there were moments of joy

 

My father wanted me to be strong, to be a man 

Well certainly in his advices, crying was a total ban 

Mother was a bit sensitive, she heard my inner voice

She too didn’t want to see me being “so called” weak, she wanted me to rejoice 

 

My brother is fierce, thinks crying is for babies 

Who knows what he has suppressed deep within, there could be something... maybe 

Well there comes my sister, crying once in a while 

To persuade father to do what she wants, we thought it’s her style 

 

What I think as a grown up is, crying isn’t just the tears 

I believe it’s a way to get rid of, the inner fears

science proves that it’s a way of boosting up your mood 

Self soothing isn’t just a benefit, for eyes too crying is good

 

I know all these things, I know them by heart 

Today I realise knowledge is not the only thing,  to make you smart

I feel the pain, I try to cry 

No matter how much it hurts, my eyes are desert dry

Monday, May 25, 2020

शक्तिको नशा हो

बुढो शरीर , उठेर आएँ 

थचक्कै बसायो,

निर्धक्क छाती फुलाई आएथेँ,
यि आँखा रसायो ।

के भयो दैव , यस्तो मुर्तिलाई?
कसले हो फसायो?

छोरो हो मेरोमुटुको टुक्रो 
के ठुलो दशा यो? 

निर्दोष व्यक्तिहत्कडीमा देख्दा ,
न्यायले हँसायो ।

धन , कानुन सबै आफ्नै बनाए 
शक्तिको नशा यो !


धन , कानुन आफ्नै बनाए यहाँ ,

न्याय नै मेटाए,
कस्तो लत लग्यो यो समाजलाई 
शक्तिको नशा यो 
बुझ्छु,
शक्तिको नशा हो ।

Monday, February 25, 2019

यस्तो रहेछ

जमानामा गाँउमा बाटो पुगेथ्यो 
आज मोटर गुडेछ
दाउराको धुवाँ उकुस मुकुस 
त्यसमाथी अझै धुलो उडेछ
बिजुलीको पोल भयो बिरानो,
जोडिने तार कुरी बसेछ,
विकास शुन्य, प्रगति जिरो
भन्छन यसपाली बजेट खसेछ।
पानी कुवामा सुकी गएथ्यो,
धारामा थोपा पानी झरेछ,
अरे यार सबको गफ धेरै भयो,
खै कस्ले के ठोस गरेछ?
गाउँलेको सपना साकार हुने कहिले,
आश गरेछन् सारा कुरिरहेछ,
काम गर्नुपर्ने भुस्तिघ्रेहरु,
कुर्सीमा निदाएछ, घुरिरहेछ,
कुर्सीमा निदाएछ, घुरिरहेछ.. 


Tuesday, February 13, 2018

शिवरात्रि

जट्टाधारी, गाँजा तान्ने
विष धारी शिव तिमी,
त्रिनेत्र तिमी , गंगा छ शिरमा,
हेर्छै सब जिव तिमी।

पशुपति, त्रिलोकीनाथ
कैलाशका पिता तिमी,
जिव जन्तुको रक्षा गर्ने
प्रक्रितिको दाता तिमी।

खरानीको भेष तिम्रो
नागको छ तिम्रो माला,
चन्द्रमा तिम्रो जटामा हुन्छ
शरिरमा चाहीँ बाघको छाला ।

आजको यो रात तिम्रो,
तिम्रै नाम जपिन्छ आज
बल्छ, जाग्छ धुनी तिम्रो
भगाउन जाडो आज साँझ ।

धतुरो, गोट्टी प्रसादी आदी
हुन्छ आज तिम्रो नाममा
बैँस, व्रिद्द भेला हुन्छन्
खान्छन , ख्वाउँछन् धेरै ठाउँमा ।

लड्डु, हलुवा मिसाई भांग
आजको रात हर्ष उमंग,
कुर्छन् हरेकले शिवरात्रि
प्रसादी खाई पर्न दंग
लठ्ठ हुन, पर्न दंग।।


Monday, October 2, 2017

नभन प्रवासी

नेपाली हुँ म, नेपाली छ मन
नेपाली नै छ स्वभिमान,
नेपालीको विरता, नेपालीको ममता,
छैन केही अभिमान ।

नेपालीको छोरो, नेपालीको नाती
नेपाली मेरो जात,
नेपाली झैँ शान्त, नेपाली झैँ सलिन
यस्मै छ मेरो साथ।

नेपाली छ रिति, नेपाली छ चलन
नेपाली नै संस्कृति,
नेपाली छ ढंग, नेपाली छ चाल
नेपाली नै प्रकृति ।

नेपालीकै जोस, नेपालीकै बल
नेपाली झैँ सहासी,
नेपाली छ छाला, नेपाली बग्छ रगत
नभन प्रवासी।
मलाई नभन प्रवासी।।

Sunday, October 1, 2017

बिदेशीको कहानी

सबेरै उठी काम छ जानु,
खाली पेट, छैन केही खानु,
पावस के खान त्यो अँधेरी रातमा,
हिन्यो कामको लुगा, झोला बोकी हातमा।

न मुख नै धुन भ्याउनु छ,
पुगी स्टेशन टाइमको, एउटै ट्रेन समाउनु छ, 
छ थोरै पाउनु तर धेरै छ गुमाउनु 
रात दिन नभनी कलिला हात ति खियाउनु छ

सम्झदै घरका रमाइला दिन,
ट्रेनको सिटमा बसी टोलाउनु छ, 
रुमल्लीदै सपनाका महलहरुमा,
अनेकौं भावना मनभित्रै खेलाउनु छ। 

झसक हुन्छ, झर्ने ठाउँ पुग्छ 
केही डलरले हप्ता दिन जो पुर्याउनु छ 
काम छेउ पुग्छ, सुस्केरा हाली सोच्छ
फेरी त्यही टाउको दुखाई नै त दोहेर्याउनु छ

पुग्छ केटो काम आज त छिट्टै,
बोसलाई खुशी पार्ने आश जो छ ,
बोस आउँछ, कराउँछ ,बक्बकाउँदै जान्छ
उल्टै बोस त निराश पो छ । 

न्याउरो मुख पारी केटोले
अब पुरै दिन काम  गर्नु छ,
साथीले छलेको कामको कम्प्लेन
पेलीएर जेलिएर सुधार्नु छ ।

थकाईछ ,दुखाइछ ,जिउमा उसका,
सबै पिडा त उसले सहनु छ,
लहै लहैमा आयो यहाँ, साथीको,
आँसु उसका अब बहनु छ।

कष्ट ,पिडा , ढाँटेर छलेर
हाँस्को फोटो त खिचाउनु छ,
लाईक, कमेन्ट र रियाक्सन हेर्दै,
आँखा त उसले मिचाउनु छ ।

टुटेर, फुटेर बाँचेको उ,
आशको अस्तित्व बचाउनु छ,
ठुलो मान्छे भइस् है भन्छन् सबले,
खिस्स हाँसेर पचाउनु छ ....

Sunday, September 24, 2017

विदेश

ओठमा चुस्स मुस्कान बोकी ,
आँखामा ठुलो सपना बोकी,
क्षणको रमाइलो त्यहीँ त्यागेर,
आएको छोरो विदेश

आमाको काखलाई खाली पारेर,
भाइको साथलाई छुट्टाएर,
बुबाको आशलाई साकार गर्न,
आएको छोरो विदेश

एक्लो नौलो विरानो ठाउँ,
हजारौँ थरीका मान्छेको भिडमा,
आफ्नो अस्तित्व खोज्दैछ यहाँ,
आएको छोरो विदेश

समयको महत्व बुझ्दै यहाँ,
मस्तिको प्यास मेटाउन खोज्दै,
जिउन खोज्दै वास्तविक जिवन,
चिन्दै छोरो विदेश।

बोलीमा कुरा खोल्न नसकी,
लाज सरमले ओतप्रोत भइ,
भावना पोख्ने ठाउँ खोज्दै छोरो,

कागजमा कोर्छविदेश।।।

Friday, July 21, 2017

Nepali poem

Samjhaekai theyae

Galti k vayo ma bata priyaa
Timlai nai ta mailae samjhaeko theyae
Uthda basda haasda khelda
Timlai nai ta mailae samjhaeko theyae

Chuchuro ma gham lae sparsha garda
Timlai nai mailae samjhaeko theyae
Sushaudo khola ko sanglo pani ma
Timrai muhar ta mailae samjhaeko theyae

Gau ma hoss yaa sahar ma hoss
Desh ma huda yaa bidesh ma
Timrai muhar ta thyo aakha ma mero
Timrai swor ta thyo bhaka ma mero
Samjhaeko thyae timi lai 
Jiwan kaa harek paila ma 
Jivan Ka harek chhyad ma, 
Kina harayau priya timi 
Kina taadheyau ma bata. 
Aakhir k garaeko thyae ra mailae 
Hardam harpal samjhaekai theyae



The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...