Sunday, September 24, 2017

विदेश

ओठमा चुस्स मुस्कान बोकी ,
आँखामा ठुलो सपना बोकी,
क्षणको रमाइलो त्यहीँ त्यागेर,
आएको छ छोरो विदेश ।

आमाको काखलाई खाली पारेर,
भाइको साथलाई छुट्टाएर,
बुबाको आशलाई साकार गर्न,
आएको छ छोरो विदेश ।

एक्लो नौलो विरानो ठाउँ,
हजारौँ थरीका मान्छेको भिडमा,
आफ्नो अस्तित्व खोज्दैछ यहाँ,
आएको छ छोरो विदेश ।

समयको महत्व बुझ्दै यहाँ,
मस्तिको प्यास मेटाउन खोज्दै,
जिउन खोज्दै वास्तविक जिवन,
चिन्दै छ छोरो विदेश।

बोलीमा कुरा खोल्न नसकी,
लाज सरमले ओतप्रोत भइ,
भावना पोख्ने ठाउँ खोज्दै छोरो,

कागजमा कोर्छ “विदेश” ।।।

No comments:

Post a Comment

The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...