Sunday, September 24, 2017

विदेश

ओठमा चुस्स मुस्कान बोकी ,
आँखामा ठुलो सपना बोकी,
क्षणको रमाइलो त्यहीँ त्यागेर,
आएको छोरो विदेश

आमाको काखलाई खाली पारेर,
भाइको साथलाई छुट्टाएर,
बुबाको आशलाई साकार गर्न,
आएको छोरो विदेश

एक्लो नौलो विरानो ठाउँ,
हजारौँ थरीका मान्छेको भिडमा,
आफ्नो अस्तित्व खोज्दैछ यहाँ,
आएको छोरो विदेश

समयको महत्व बुझ्दै यहाँ,
मस्तिको प्यास मेटाउन खोज्दै,
जिउन खोज्दै वास्तविक जिवन,
चिन्दै छोरो विदेश।

बोलीमा कुरा खोल्न नसकी,
लाज सरमले ओतप्रोत भइ,
भावना पोख्ने ठाउँ खोज्दै छोरो,

कागजमा कोर्छविदेश।।।

No comments:

Post a Comment

The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...