सबेरै उठी काम छ जानु,
खाली पेट, छैन केही खानु,
पावस के खान त्यो अँधेरी रातमा,
हिन्यो कामको लुगा, झोला बोकी हातमा।
न मुख नै धुन भ्याउनु छ,
पुगी स्टेशन टाइमको, एउटै ट्रेन समाउनु छ,
छ थोरै पाउनु तर धेरै छ गुमाउनु
रात दिन नभनी कलिला हात ति खियाउनु छ
सम्झदै घरका रमाइला दिन,
ट्रेनको सिटमा बसी टोलाउनु छ,
रुमल्लीदै सपनाका महलहरुमा,
अनेकौं भावना मनभित्रै खेलाउनु छ।
झसक हुन्छ, झर्ने ठाउँ पुग्छ
केही डलरले हप्ता दिन जो पुर्याउनु छ
काम छेउ पुग्छ, सुस्केरा हाली सोच्छ
फेरी त्यही टाउको दुखाई नै त दोहेर्याउनु छ
पुग्छ केटो काम आज त छिट्टै,
बोसलाई खुशी पार्ने आश जो छ ,
बोस आउँछ, कराउँछ ,बक्बकाउँदै जान्छ
उल्टै बोस त निराश पो छ ।
न्याउरो मुख पारी केटोले
अब पुरै दिन काम गर्नु छ,
साथीले छलेको कामको कम्प्लेन
पेलीएर जेलिएर सुधार्नु छ ।
थकाईछ ,दुखाइछ ,जिउमा उसका,
सबै पिडा त उसले सहनु छ,
लहै लहैमा आयो यहाँ, साथीको,
आँसु उसका अब बहनु छ।
कष्ट ,पिडा , ढाँटेर छलेर
हाँस्को फोटो त खिचाउनु छ,
लाईक, कमेन्ट र रियाक्सन हेर्दै,
आँखा त उसले मिचाउनु छ ।
टुटेर, फुटेर बाँचेको उ,
आशको अस्तित्व बचाउनु छ,
ठुलो मान्छे भइस् है भन्छन् सबले,
खिस्स हाँसेर पचाउनु छ ....