Sunday, August 23, 2020

उ हो मेरो साथी


हाँस्ने बेला सँगै हाँस्ने, दुखको बेला दुख बाँढ्ने

मनको कुरा फ्याट्ट बुझ्ने, उ हो मेरो साथी 


केही दिन पछिको भेट हुँदा होस्, भेट्न जाँदा थोरै लेट हुँदा होस्

खिस्स हाँसेर दाँत देखाउने, उ हो मेरो साथी


संकटमा पर्दा सल्लाह दिने, चुप लाग भन्दा हल्ला गर्दिने 

उत्पट्यान्ग काममा माहिर जो, उ हो मेरो साथी


खल्ती रित्तिदाँ सापटी दिने, सापटी देको चाहीँ फिर्ता नदिने

अच्चम्मको बैंक हो जो, उ हो मेरो साथी


आफ्नी रानी सँग घुम्न जाने, रेस्टुरेन्टमा के के हो के के खाने

केही ऩाखाई सुत्छु म आज  भन्ने,, उ हो मेरो साथी


केटी सँग देखे गिज्याउने, सिंगल भइस भन्दै खिज्याउनेॉं

सयौं साथीको लभ गुरु, उ हो मेरो साथी


प्राय काम सँगै गर्ने, कुरा भावना आदानप्रदान गर्ने

मिठ्ठो सम्बन्ध जो सँग छ मेरो, उ हो मेरो साथी 

No comments:

Post a Comment

The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...