Monday, February 25, 2019

यस्तो रहेछ

जमानामा गाँउमा बाटो पुगेथ्यो 
आज मोटर गुडेछ
दाउराको धुवाँ उकुस मुकुस 
त्यसमाथी अझै धुलो उडेछ
बिजुलीको पोल भयो बिरानो,
जोडिने तार कुरी बसेछ,
विकास शुन्य, प्रगति जिरो
भन्छन यसपाली बजेट खसेछ।
पानी कुवामा सुकी गएथ्यो,
धारामा थोपा पानी झरेछ,
अरे यार सबको गफ धेरै भयो,
खै कस्ले के ठोस गरेछ?
गाउँलेको सपना साकार हुने कहिले,
आश गरेछन् सारा कुरिरहेछ,
काम गर्नुपर्ने भुस्तिघ्रेहरु,
कुर्सीमा निदाएछ, घुरिरहेछ,
कुर्सीमा निदाएछ, घुरिरहेछ.. 


No comments:

Post a Comment

The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...