Monday, October 2, 2017

नभन प्रवासी

नेपाली हुँ म, नेपाली छ मन
नेपाली नै छ स्वभिमान,
नेपालीको विरता, नेपालीको ममता,
छैन केही अभिमान ।

नेपालीको छोरो, नेपालीको नाती
नेपाली मेरो जात,
नेपाली झैँ शान्त, नेपाली झैँ सलिन
यस्मै छ मेरो साथ।

नेपाली छ रिति, नेपाली छ चलन
नेपाली नै संस्कृति,
नेपाली छ ढंग, नेपाली छ चाल
नेपाली नै प्रकृति ।

नेपालीकै जोस, नेपालीकै बल
नेपाली झैँ सहासी,
नेपाली छ छाला, नेपाली बग्छ रगत
नभन प्रवासी।
मलाई नभन प्रवासी।।

Sunday, October 1, 2017

बिदेशीको कहानी

सबेरै उठी काम छ जानु,
खाली पेट, छैन केही खानु,
पावस के खान त्यो अँधेरी रातमा,
हिन्यो कामको लुगा, झोला बोकी हातमा।

न मुख नै धुन भ्याउनु छ,
पुगी स्टेशन टाइमको, एउटै ट्रेन समाउनु छ, 
छ थोरै पाउनु तर धेरै छ गुमाउनु 
रात दिन नभनी कलिला हात ति खियाउनु छ

सम्झदै घरका रमाइला दिन,
ट्रेनको सिटमा बसी टोलाउनु छ, 
रुमल्लीदै सपनाका महलहरुमा,
अनेकौं भावना मनभित्रै खेलाउनु छ। 

झसक हुन्छ, झर्ने ठाउँ पुग्छ 
केही डलरले हप्ता दिन जो पुर्याउनु छ 
काम छेउ पुग्छ, सुस्केरा हाली सोच्छ
फेरी त्यही टाउको दुखाई नै त दोहेर्याउनु छ

पुग्छ केटो काम आज त छिट्टै,
बोसलाई खुशी पार्ने आश जो छ ,
बोस आउँछ, कराउँछ ,बक्बकाउँदै जान्छ
उल्टै बोस त निराश पो छ । 

न्याउरो मुख पारी केटोले
अब पुरै दिन काम  गर्नु छ,
साथीले छलेको कामको कम्प्लेन
पेलीएर जेलिएर सुधार्नु छ ।

थकाईछ ,दुखाइछ ,जिउमा उसका,
सबै पिडा त उसले सहनु छ,
लहै लहैमा आयो यहाँ, साथीको,
आँसु उसका अब बहनु छ।

कष्ट ,पिडा , ढाँटेर छलेर
हाँस्को फोटो त खिचाउनु छ,
लाईक, कमेन्ट र रियाक्सन हेर्दै,
आँखा त उसले मिचाउनु छ ।

टुटेर, फुटेर बाँचेको उ,
आशको अस्तित्व बचाउनु छ,
ठुलो मान्छे भइस् है भन्छन् सबले,
खिस्स हाँसेर पचाउनु छ ....

Sunday, September 24, 2017

विदेश

ओठमा चुस्स मुस्कान बोकी ,
आँखामा ठुलो सपना बोकी,
क्षणको रमाइलो त्यहीँ त्यागेर,
आएको छोरो विदेश

आमाको काखलाई खाली पारेर,
भाइको साथलाई छुट्टाएर,
बुबाको आशलाई साकार गर्न,
आएको छोरो विदेश

एक्लो नौलो विरानो ठाउँ,
हजारौँ थरीका मान्छेको भिडमा,
आफ्नो अस्तित्व खोज्दैछ यहाँ,
आएको छोरो विदेश

समयको महत्व बुझ्दै यहाँ,
मस्तिको प्यास मेटाउन खोज्दै,
जिउन खोज्दै वास्तविक जिवन,
चिन्दै छोरो विदेश।

बोलीमा कुरा खोल्न नसकी,
लाज सरमले ओतप्रोत भइ,
भावना पोख्ने ठाउँ खोज्दै छोरो,

कागजमा कोर्छविदेश।।।

Friday, July 21, 2017

Nepali poem

Samjhaekai theyae

Galti k vayo ma bata priyaa
Timlai nai ta mailae samjhaeko theyae
Uthda basda haasda khelda
Timlai nai ta mailae samjhaeko theyae

Chuchuro ma gham lae sparsha garda
Timlai nai mailae samjhaeko theyae
Sushaudo khola ko sanglo pani ma
Timrai muhar ta mailae samjhaeko theyae

Gau ma hoss yaa sahar ma hoss
Desh ma huda yaa bidesh ma
Timrai muhar ta thyo aakha ma mero
Timrai swor ta thyo bhaka ma mero
Samjhaeko thyae timi lai 
Jiwan kaa harek paila ma 
Jivan Ka harek chhyad ma, 
Kina harayau priya timi 
Kina taadheyau ma bata. 
Aakhir k garaeko thyae ra mailae 
Hardam harpal samjhaekai theyae



The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...