छुट्यो साथ जिन्दगीमा हामी अघि बढ्दाखेरी
के सोचेको के भयो खै, दुबै माथी पुग्नु थियो
धक्का दियौ झारीदियौ सँगै भर्यांग चढ्दाखेरी
पुग्यौ माथी खुशी छु म, मुर्ती मात्र भएको छु
दैबले नै थापे हात , भर्यांग बाट लढ्दाखेरी
सम्झन्छौ र? के सम्झन्थ्यौ, सम्झनालाई जलाएथ्यौ
डढेको थ्यो मेरो शरीर, मेरा तस्बिर डढ्दाखेरी
न त बोली, न थ्यो भेटघाट, मुख हेर्ने फुर्सत पाईनौ,
फुल लिएर किन आयौै, म चिहानमा सढ्दाखेरी
No comments:
Post a Comment