Monday, May 25, 2020

शक्तिको नशा हो

बुढो शरीर , उठेर आएँ 

थचक्कै बसायो,

निर्धक्क छाती फुलाई आएथेँ,
यि आँखा रसायो ।

के भयो दैव , यस्तो मुर्तिलाई?
कसले हो फसायो?

छोरो हो मेरोमुटुको टुक्रो 
के ठुलो दशा यो? 

निर्दोष व्यक्तिहत्कडीमा देख्दा ,
न्यायले हँसायो ।

धन , कानुन सबै आफ्नै बनाए 
शक्तिको नशा यो !


धन , कानुन आफ्नै बनाए यहाँ ,

न्याय नै मेटाए,
कस्तो लत लग्यो यो समाजलाई 
शक्तिको नशा यो 
बुझ्छु,
शक्तिको नशा हो ।

No comments:

Post a Comment

The Flower

There is this flower in my lawn it buds, it blooms, it is an attraction, where the bee looms... ther...